Logo
Logo

बझाङमा २ मतदानस्थल थप र ४ स्थान परिवर्तन गर्न सिफारिस



बझाङ । आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र थप गर्न सिफारिस गरेको हो ।

मतदानस्थल थप गर्न निवेदन आएपछि थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय ३५ मतदानस्थल हुनेछन् ।

मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिले जिल्लाका चार मतदानस्थल मतदातालाई पायक नपर्ने ठाउँमा रहेका र मतदानस्थल भएका विद्यालयमा बाढीपहिराले क्षति पु¥याएपछि मतदानस्थल परिवर्तन गर्न सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्