Logo
Logo

बिजुलीको पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध



फाइल फाेटाे ।

लमजुङ । बाढी पहिरोले बिजुलीको पोल ढल्दा लमजुङ र मनाङ जोड्ने सडक अवरुद्ध भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहान सवा ११ देखि सडक अवरुद्ध भएको हो । डुम्रे-बेँसीशहर-चामे योजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीका अनुसार पहिरो खसेर पोल ढालेको छ ।

सवारी सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेको अधिकारीले बताए ।

६५ किलोमिटर सडक अवरुद्ध हुँदा मनाङवासीलाई बढी असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्