Logo
Logo

विमानभित्रैबाट पक्राउ प्रकरणः विवादमा फस्यो प्रहरी




काठमाडौं । नेपाल एयरलाइन्सको विमानको उडान रोकेर प्रहरीले बुधबार एक सुन व्यवसायीलाई नियन्त्रणमा घटनामा प्रहरी विवादमा परेको छ । कैलालीका व्यवसायी सन्तोष लामिछानेलाई पक्राउ गर्न यसरी प्रहरीले उड्न लागेको विमान दुई घन्टा रोकेको थियो ।


लामिछाने अन्य सुनचाँदी व्यवसायीसहित मुम्बई जाँदै थिए । गहनासम्बन्धि एक्पोमा भाग लिन जान लागेका उनीविरुद्ध उजुरी परेको भन्दै प्रहरीले सबै यात्रु विमानबाट केही समय झारेको थियो । लामिछाने र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि विमान उड्न दिइएको थियो । लामिछानेमाथिको अभियोग प्रहरीले खुलाएको छैन ।
स्रोतका अनुसार सुरुमा आतंककारी गतिविधिमा संलग्न शंकास्पद व्यक्ति विमानभित्र रहेको भन्दै उडान रोक्न लगाइएको थियो । आतंकवादसम्बन्धि गतिविधि अनुसन्धान गर्ने नेपाल प्रहरीको बिशेष ब्यूरोमार्फत यसरी विमान रोक्न लगाइएको हो । आतंकवादसँग सम्बन्धित व्यक्ति रहेको भनिएपनि सामान्य व्यापारीलाई नियन्त्रणमा लिन यसरी उड्न लागेको विमान नै रोकिएकोमा नागरिक उड्डन अधिकारीले अचम्म मानेका छन् । व्यापारी लामिछाने एक्सपोमा जान लागेको र जान नपाएका केही व्यापारीले प्रहरी लगाएर उनलाई पक्राउ गराएको भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेको छ । यो घटनामा बिशेष ब्यूरोका डिआइजी अशोक सिंह तथा कैलालीका एसपी सोमेन्द्रसिंह राठौर विवादमा तानिएका छन् । व्यापारीलाई पक्राउ गरेर फाइदा लिन यसरी पक्राउ गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्