Logo
Logo

ओलम्पिक स्वर्ण विजेता ग्रिनरलाई रूसमा ९ वर्षको जेल सजाय



एजेन्सी । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रूसको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ ।

लागू औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई सजाय सुनाएको हो । ग्रिनर दुई पटककी ओलम्पिक स्वर्ण विजेता हुन् ।

उनले भने आफूले केही कोस्टर आयल बोकेको भए पनि त्यो लागुऔषध तस्करी र कारोबार प्रयोजनको लागि नभएको बताएकी छन् । आफूबाट अन्जानमा ‘इमानदार गल्ती’ भएको भन्दै ग्रिनरले क्षमायाचना गरे पनि अदालतले सजाय सुनाएको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले अमेरिकासँग राजनीतिक शत्रुता साँध्ने काम गरेको भन्दै ग्रिनरमाथिको कारबाही कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्