Logo
Logo

म्याग्दीमा पहिरोले ६ परिवार विस्थापित



म्याग्दी । मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् ।

छिपछिपेमा ५ र महभिरमा १ परिवार विस्थापित भएका हुन् । घर जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिएको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले जानकारी दिए ।

‘छिपछिपेका केशबहादुर गोतामे, नरवीर गोतामे, तिर्खबहादुर गोतामे, तुलाराम गोतामे र रमेश गोतामेको परिवारलाई आफन्तकोमा राखिएको छ’, उनले भने, ‘महभिरका टेकबहादुर विकका परिवारलाई सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छाैं।’

प्रतिक्रिया दिनुहोस्