Logo
Logo

झापाको पालिया खोलामा शिशुको शव भेटियो



झापा। मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ ।

पानीमा तैरिरहेको अवस्थामा बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका सई ज्ञानकुमार महतोले जानकारी दिए ।

शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्