Logo
Logo

मनाङ आउने विदेशी पर्यटक बढे



मनाङ । मनाङ घुम्न आउने विदेशी पर्यटक बढेका छन् ।

२०७७/७८ मा ६ सय ३ विदेशी पर्यटनले मनाङ भ्रमण गरेका थिए । ०७८/७९ मा भने ७ हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक आएका थिए । साउनमा २, भदौमा २०, असोजमा ३२२, कात्तिकमा १ हजार १५, मङ्सिरमा ३६६, पुसमा ८६, माघमा ५१, फागुनमा ५२८, चैत्रमा २ हजार ४७, वैशाखमा १ हजार ९३६, जेठमा ४८५ र असारमा १६२ पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ ।

‘बाह्य पर्यटक आउँदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ । बाह्य पर्यटकलाई अनुमति बिना प्रवेश दिइँदैन,’ उनले भने । सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायत मुलुकका नागरिक मनाङको भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ ।

केन्द्रका अनुसार वर्षायाम सकिएपछि पर्यटक बढ्न थाल्नेछन् । पर्यटकहरू हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्दै थोराङ्ला पास गरेर मुस्ताङ पुग्ने गर्दछन् ।

अन्नपूर्ण पदमार्ग लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्लासँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्