Logo
Logo

प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

बिहीबार प्रतितोला ९६ हजार १ सयमा कारोबार भएको पहेँलो धातु आज ७ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार ६ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्