Logo
Logo

इन्गेजमेन्ट विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी नहुने रहेछ : मेलिना



काठमाडौं । गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच भएको ‘इन्गेजमेन्ट’ले दुनियाँको ध्यान तान्यो । सिधैं भन्ने हो भने त मेलिनाको सुमधुर आवाज र सुन्दरतामा मोहित धेरैको मन छिया छिया भयो !

मेलिना र सञ्जिवको इन्गेजमेन्टलाई लिएर अनेक टिका टिप्पणी भए । अन्तरजातिय सम्बन्धलाई लिए लिएर प्रशंसा र आलोचना दुवै भए । धेरैले वैवाहिक जीवनका लागि शुभकामना पनि दिए । तर, इन्गेजमेन्ट विवाहमा परिणत भएन ।

मेलिनाले शुक्रबार सामाजिक सञ्जालमार्फत सम्बन्ध समाप्त भएको जानकारी गराए । यो जनकारीले पुनः एकपटक धेरैलाई चकित तुल्याएको छ । सम्बन्धको लामो यात्रामा मेलिनाले बुझेछन्– इन्गेजमेन्ट सम्बन्धको बन्धन नहुन पनि सक्छ !

मेलिना लेख्छन्– ‘सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा सार्वजानिक गर्दछु ।’

इन्गेजमेन्ट सम्बन्धको बन्धन होइन भन्ने बुझाइमा पुगेका मेलिना इन्गेजमेन्ट तोड्नुको कारणबारे लेख्छन्- ‘सँगै जीवन बिताउने सोचसहित इन्गेजमेन्ट गरिएको थियो । समय छोटै भएपनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारीक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा, आत्मसमीक्षापछि ‘कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठीन हुन्छ’ भन्ने निष्कर्षमा पुगियो ।

प्रतिक्रिया दिनुहोस्