Logo
Logo

अमेरिकामा नेपाली चलचित्रकर्मीहरुको भेला : को को सहभागी भए ?



काठमाडौं । नेपाली चलचित्रकर्मीहरुका लागि बेला बेलामा आर्थिक सहयोग प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली चलचित्र निर्देशक समूह अमेरिकाको संयोजनमा अमेरिकामा रहेको चलचित्र निर्माता, निर्देशक तथा कलाकारहरु बीच बृहत भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो पटक आयोजना गरिएको सो भेलामा अमेरिका बसेर नेपाली चलचित्रको विकाश र बिस्तारमा कसरी सहयोग पुर्याउने भन्नेबारे छलफल गरिएको छ । अमेरिकाको विभिन्न राज्यहरुमा यत्रतत्र छरिएर रहेका नेपाली चलचित्रकर्मीहरुको भेटघाट कार्यक्रम अमेरिकाको इतिहासमा पहिलोपटक सफलतापूर्वक सम्पन्न भएको हो ।

सो भेटघाट कार्यक्रम अमेरिकाको न्यूह्यामशयर राज्यको क्लेरमन्ट शहरमा जुलाई २९–३० मा सम्पन्न भएको हो । सो भेटघाटमा आफुहरुले अमेरिकामा रहेर पनि कसरी राम्रो चलचित्र बिदेशबाट समेत निर्माण गर्न सकिन्छ भनेर छलफल भएको चलचित्र निर्देशक सुमन दाहालले जानकारी गराएका छन् ।

कार्यक्रम ऐतिहासिक भएको र अमेरिकामा पहिलोपटक नेपाली चलचित्रकर्मीहरुलाई एकैथलोमा जम्मा गराउन सकिएकामा सबैले खुसी व्यक्त गरेको उनले बताए । कार्यक्रममा अमेरिका भएका सबैलाई समेट्ने प्रयास गर्दा गर्दै धेरै जनाको सहभागिता हुन् बिभिन्न परिस्थितिले संभव नभएको पनि उनले बताए ।

उक्त कार्यक्रममा चलचित्रकर्मीहरुका परिवारहरुसहित उपस्थिति भएका थिए । अमेरिकामा रहेतापनि लामो समयदेखि भौतिकरुपमा भेटघाट हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै यस बर्ष न्यूह्यामशायर भेटघाटको तारतम्य मिलाइएको उनले बताए ।

निर्देशक दाहालका अनुसार यस भेटघाटपछि अर्को बर्ष पनि भेटघाट कार्यक्रमको आयोजना गरिने उनले बताए । सो भेटघाटमा करिव ६० जना चलचित्रकर्मीहरुको उपस्थिति रहेको पनि उनले जानकारी गराए ।

उक्त ऐतिहासिक कार्यक्रममा निर्देशकहरूमा किशोर सुब्बा, दिनेश कार्की, कृष्ण चापागाई, गोपाल चन्द्र लामिछाने, अनिल संगौला, सुमन दाहाल, शिवहरी पौडेल, मनोज तिमिल्सिना तथा बिकास घलेको उपस्थिति रहेको थियो ।

त्यसैगरी अभिनेताहरूमा अमृत लामा, राहुल केसी, सुन्दर श्रेष्ठ तथा दिनेश थापाको उपस्थिति रहेको थियो । अभिनेत्रीहरूमा अरूणा कार्की, सम्झना खडका, अनुशुया श्रेष्ठ वन्त कार्यक्रम उपस्थित थिए ।

भेटघाट कार्यक्रममा कलाकारहरुमा गोपाल अधिकारी (ट्वाकेन्द्र), निर्मातामा ध्रुव वन्त, पत्रकारमा सन्तोष रिमाल, संगीतकारमा श्याम नेपालीको पनि सहभागिता रहेको थियो । यसैगरी गायिका पविता परियार, गायक तिलक श्रेष्ठ, कलाकार रंजन बुढाथोकी, गीतकार अग्नि शर्मा, नृत्य निर्देशक देवी थापा, निर्मात्री प्रभा चापागाई समेतको सो भेटघाटमा सहभागी भए ।

प्रतिक्रिया दिनुहोस्