Logo
Logo

मोदिकाको ‘तीज आयो घुमेर’, गीताको छमछमी (भिडियोसहित)



काठमाडौं । नेपाली हिन्दू नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा भुवन पौडेलको शब्द रहेको छ भने कुशल गितारबादक, गायक तथा संगीतकार अनिल शाहीको संगीत रहेको छ ।

मौसाबी क्रियशनको प्रस्तुतिमा निर्माण गरिएको यस गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छमछमी ठुम्का लगाएकी छन् । भिडियोमा गीताको साथमा गायिका मोदिकाले नृत्य गरेकी छन् । भिडियोमा गीता र मोदिका धपक्कै खुलेका छन् ।

ब्लूबेरी अडियो, भिडियो स्टुडियो टिमले निर्देशन गरेको यस भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, सम्पादन र कलर रहेको छ भने रेश्मा खड्कीको कोरियोग्राफी हेर्न सकिन्छ । यस भिडियोलाई मौसबी क्रियशनकै अफिसियल युट्युव च्यालनबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्