Logo
Logo

कोसीमा हाई अलर्ट जारी


1.1k
Shares

सुनसरी । कोसी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । कोशीमा बाढीको मात्रा बढ्दै गएकाले हाई अर्लट जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका शनिवार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव पुगेको छ । बाढीको मात्रा बढ्दै आएपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने उनको भनाइ छ ।

कोशीको श्रीलंका टापुमा भने जोखिम बढेको छ । सो क्षेत्रमा बाढीले असर बढेमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी निरन्तर सम्पर्कमा रहेको उनले बताए । बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको छ ।

बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्