Logo
Logo

महालक्ष्मी विकास बैंकको नाफा ९५ करोड



काठमाडौं । महालक्ष्मी विकास बैंकले २०७८/७९ मा ९५ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकले २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले नाफा बढाएको हो । बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप सङ्कलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो ।

बैंकको निक्षेप र कर्जा क्रमशः ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो । बैंकले गत आवमा २० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजि ४ अर्ब १ करोड ८ लाख पुर्याएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ । यस्तै पुँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्