Logo
Logo

मैत्रीपूर्ण खेलमा एट्लेटिको म्याड्रिडको जित


567
Shares

एजेन्सी । फरवार्ड अल्भारो मोराटाले ह्याट्रिक पूरा गरे एट्लेटिको म्याड्रिडले मैत्रीपूर्ण खेलमा युभेन्ट्समाथि ४–० को जित दर्ता गरेको छ ।

एट्लेटिकोका लागि थप एक गोल म्याथिअस कुन्हाको नाममा रह्यो । युभेन्ट्सको मैदान टोरिनोमा आइतबार राति १०औं मिनेटमा मोराटोले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

४३औं मिनेटमा मोराटाले गोल गर्दै अग्रता दोब्बर पारे । ६२औं मिोराटाले ह्याट्रिक पूरा गरे ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित म्याथिअस कुन्हाले गोल गर्दै एट्लेटिको लाई सानदार जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्