Logo
Logo

दोलाखामा रिचार्ज पोखरी फुट्दा १० घरमा क्षति



दोलखा । भीमेश्वर नगरपालिका–३ स्थित रिचार्ज पोखरी फुटेर आएको बाढीले १० घरमा क्षति पुर्याएको छ ।

अविरल वर्षासँगै खोरथली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर मर्रयाङ खोलामा आएको थियो । बाढीले भीमेश्वर नगरपालिका–२ र ३ मा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

खोलाले कटान गरेपछि घरहरु जोखिममा परेका छन् । बाढी आएलगत्तै स्थानीयले घर छाडेका थिए । आइतबार राति नै खसेको पहिरोले विगु गाउँपालिका–४ खोलिखिम बजारमा पनि २ वटा घर पुरेको छ ।

२० भन्दा बढी घर जोखिममा छन् । लादुक–बलुङ सडक पहिराले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्