Logo
Logo

पूर्वी नवलपरासी जंगली च्याउ खाँदा ५ जना बिरामी



प्रतिकात्मक तस्वीर

पूर्वी नवलपरासी । विनयी त्रिवेणी गाउँपालिकामा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् ।

आइतबार जंगलबाट ल्याएको च्याउ खाएका विनयी ५ नं वडाका तुलबहादुर ठाडा, उनकी श्रीमती दिलमाया, छोरा बिश्राज बिरामी परेका हुन् ।

उनीहरुका छिमेकी नरमाया ठाडा र कला लम्काह पनि च्याउ खाएपछि बिरामी परेको प्रहरीले जनाएको छ । उनीहरुको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्