
खोटाङ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका १८ घर सुख्खा पहिरोको जोखिममा परेका छन् ।
जनकल्याण आधारभूत विद्यालय पनि जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए । पहिरोले रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ ।
उनीहरूको घरबाट करीब ६० मिटरको दूरीमा पहिरो गएको छ । शनिबार राति ठूलो सुक्खा पहिरो खसेको थियो । विद्यालयको खेल मैदान नजिकसम्म पहिरो गएको छ ।
उक्त पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको २ सय मिटर बगाएको छ । केही मुनिबाट शरू भएको अर्को पहिरोले माझगाउँ जोखिममा पारेको छ ।
२ र ३ वर्षदेखि सामान्य धाँज फाटेको पाखोमा सामान्य वर्षा हुँद नै पहिरो गएको हो ।











