Logo
Logo

सेरेनाले टेनिसबाट संन्यास लिने घोषणा



एजेन्सी । कीर्तिमान ग्रान्ड स्लाम विजेता सेनेरा विलियम्सले टेनिस खेलबाट संन्यास योजना रहेको घोषणा गरेका छन् । २३ ग्रान्ड स्लाम विजेता विलियम्सले आगामी महिनामा हुने युएस ओपनमा खेलपछि संन्यास लिने योजना रहेको बताएका छन् ।

भोग म्यागेजिनसँग कुरा गर्दै विलियम्सले ‘संन्यास’ शब्द मन नपर्ने भन्दै हाल टेनिसभन्दा अन्य विषय आफ्ना लागि प्राथमिकतामा रहेको बताए । विलियम्सले आफ्नो इन्स्टाग्राममा ‘काउन्ट डाउन’ सुरु भएको लेखेका छन् ।

त्यस्तै, उनले दोस्रो बच्चा जन्माउने योजना रहेको पनि बताएका थिए । उनले सन् १९९९ मा युएस ओपन जितेक थिए । गर्भवती हुँदै विलियम्सले सन् २०१७ को अस्ट्रेलियन ओपन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्