Logo
Logo

मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी


1.4k
Shares

काठमाडौं । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।

गएराति ठूलो वर्षापछि आएको बाढी सुकुम्वासी बस्तीमा पसेको हो । बाढीले मानवीय क्षति गरेको छैन ।

बाढीले केही टहरा, घरायसी सामग्री, खोला नजिक रहेका बंगुर तथा कुखुरा फार्म भने बगाएको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा प्रहरी तथा उद्धार टोली खटिएका छन् । प्रभावितको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जल तथा माैसम विज्ञान विभागका अनुसार राति ९ देखि १२ बजेसम्म उपतत्यकामा भारी वर्षा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्