Logo
Logo

सम्झौता पालना नभए फिफा र एएफसी जान्छु : अलमुताइरी



काठमाडाैं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूसँग भएको सम्झौता पालना नभए फिफा र एएफसीमा जाने बताएका छन् ।

मंगलबार विज्ञप्ति निकालेर उनले आफूविरुद्ध झुटा प्रचार गरिएको जनाएका हुन् । उनले नेपालको बलियो राष्ट्रिय टोली निर्माणको लागि पूर्ण प्रयास गरेको पनि दाबी गरेका छन् ।

अलमुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित समितिले तयार पारेको रिपोर्ट अनुसार एन्फाले उनलाई स्पष्टीकरण माग गर्दै पत्र लेखेको थियो । तर, छुट्टीमा रहेका अलमुताइरीले एन्फाले पठाएको पत्रको जवाफ नदिएको भन्ने समाचार प्रकाशित भएको थियो ।

प्रशिक्षक अलमुताइरीले एन्फाको पत्र आफूले मंगलबार मात्रै गरेको र वकिलसँग सल्लाह गरेर जवाफ दिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्