Logo
Logo

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित



फाइल फाेटाे ।

बैतडी । जिल्लाको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ ।

मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रा विद्यालयमै बेहोस् हुने समस्या देखिएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए ।

गत हप्तादेखि यो समस्या देखिएको जनाइएको छ । ‘दैनिक ४/५ जनामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षासम्मका छात्रा बेहोस् हुने लक्षण देखिएको छ,’ उनले भने ।

१२ देखि १४ उमेर समूहका छात्रामा बढी समस्या देखिएको प्रअ बागले बताए । छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्