Logo
Logo

केरेला लिग : एकै खेलमा सावित्रा भण्डारीको पाँच गोल



काठमाडौं । केरेला महिला लिग २०२२ मा नेपाली राष्ट्रिय महिला टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेलाले सानदार जित निकालेको छ । आज भएको खेलमा गोकुलमले केरेला युनाइटेट एफसीलाई ११-० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

गोकुलमलाई सानदार जित दिलाउनको लागि सावित्राले एक्लै पाँच गोल गरे । यस्तै, सन्ध्याले दुई गोल गर्दा कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान एक–एक गोल गरे ।

पहिलो खेलमा पाँच गोल र दुई असिस्ट गरेकी सावित्रा प्लेयर अफ दी म्याच घोषित भए । सावित्राले खेलको ३, ९, २७, ३५ र ५७ औं मिनेटमा गोल गरेका थिए । उनी ६०औं मिनेटमा मैदान बाहिरिएका थिए ।

१० टोली सहभागी केरेला लिगको च्याम्पियन टोली आईलिगमा छनोट हुनेछ । सावित्रासँगै नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य दीपा न्यौपानेले केरेला लिग खेल्नेछन् । डन बस्को फुटबल एकेडेमीमा अनुबन्ध दीपा आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्