Logo
Logo

रियाल मड्रिडले जित्यो सुपर कप



काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति हल्सिन्की ओलम्पिक स्टेडियममा भएको खेलमा फ्रान्कफर्टलाई २–० ले पराजित गरेको हो ।

रियालको जितमा डेभिड अलाबा र बेन्जेमाले १/१ गोल गरे । बेन्जेमाले करियरको ३२४औं गोल गर्दै रियाल मड्रिडलाई जिताएका हुन् । उनी क्रिष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् ।

रियालमा सर्वाधिक गोल गर्ने खेलाडी रोनाल्डो हुन् । उनले ४५० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्