Logo
Logo

सरकार–निजी क्षेत्रबीच सहकार्यको सम्झौता



काठमाडौं। आर्थिक रुपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच पहिलो पटक सहकार्य गर्ने समझदारीपत्रमा सम्झौता भएको छ ।

उद्योग मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच बिहीबार उक्त सो सम्झौता भएको हो । मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडी र महासंघका अध्यक्ष शेखर गोल्छाले सो समझदारीपत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिएको बताए । यसबाट बढ्दो आयात न्यूनीकरण गर्ने, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिने मन्त्री बडूको भनाइ छ ।

औद्योगिक क्षेत्रको विकासका लागि भूमिको हदबन्दीलाई पुनरवलोकन गर्ने प्रक्रियामा रहेको र ५० वर्षका लागि दीर्घकालीन ऋणको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । महासंघका अध्यक्ष गोल्छाले आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रसँग मिलेर साझेदारी अभियान सञ्चालन गर्न लागिएको बताए ।

सन् २०३० सम्म अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को योगदान सय अर्ब डलर पु¥याउने र २२ लाख जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको गोल्छाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्