Logo
Logo

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर



काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ७ सयले बढेर ९७ हजार ३ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ६ सयमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार १ सय थियो । त्यस्तै आज चाँदीको मूल्य १ हजार २ सय २५ रहेको महासंघले जनाएको छ ।

हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्