Logo
Logo

कपिलवस्तुमा नेतामाथि गोली प्रहार


- दृष्टि न्युज/संवाददाता


कपिलवस्तु, १६ साउन ।
जिल्लाको शुद्धोधन गाउँपालिकामा एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल नजिक विहीबार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता माथि गोली प्रहार भएको बताइएको छ । स्थानीय नेता रामनयन यादवमाथि गोली प्रहार भएको हो । यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत हुन् । उनी हाल समाजबादी पार्टीमा छन् ।


गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउँदै थिए । उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार गरी गरेको हो । गोली लागेर यादव घाइते भएका छन् । उनको अहिले तौलिहवामा उपचार भैरहेको बताइएको छ ।
स्थानीयका अनुसार उनको देब्रो पाखुरामा गोली लागेको छ । दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीय आक्रोसित भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।
यसभन्दा अगाडी यही शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो । राजाबाबु नेकपाका नेता थिए । उनी पनि गाउँपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेश सभा निर्वाचनको उम्मेद्वार थिए ।

प्रतिक्रिया दिनुहोस्