Logo
Logo

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार


1.2k
Shares

काठमाडौं । इंङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग पराजित भएको छ ।

गएराति ब्रेन्टफोर्डको मैदानमा युनाइटेडले ४–० को हार बेहोरेको हो । ब्रेन्टफोर्डका जोस डा सिल्भा, माथिअस जेन्सन, बेन मी र ब्रायन एम्बुएमोले गोल गरे ।

यसअघि पहिलो खेलमा युनाइटेड ब्राइटनसँग २–१ गोलले पराजित भएको थियो । नयाँ सिजनको दुवै खेलमा हार बेहोरेपछि युनाइटेड अंक तालिकाको पुछारमा छ ।

ब्रेन्टफोर्डको ३ खेलमा ४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्