Logo
Logo

पीएसजीले मोन्टपेलियरलाई हरायो : नेयमारको २ गोल



काठमाडौं । नेयमारको दुई गोलको मदतमा पीएसजीले लिग वानमा लगातार दोस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ५–२ गोलअन्तरले अन्तरले हराएको हो । खेलको सुरुमै पीएसजीका केलियन एम्बोप्पेले पेनाल्टी मिस गरेका थिए ।

फलाये साकोको आत्मघाती गोलबाट पीएसजी अग्रता लिन सफल भयो । पहिलो हाफको अन्त्यतिर नेयमारले पेनाल्टी गोल गरेर अग्रता दोब्बर पारे । दोस्रो हाफको सुरुमै नेयमारले व्यक्तिगत दोस्रो गोल गरे ।

पीएसजीका एम्बाप्पेले ६९औं र सान्चेजले ८७औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ५–१ मा पुर्याए । इन्जुरी समयमा एमबिआईले गरेको गोल मोन्टपेलिरका लागि सान्तत्व गोल बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्