Logo
Logo

समाजवादी प्रेस संगठन मधेस अध्यक्षमा साह



जनकपुरधाम । समाजवादी प्रेस संगठनको अध्यक्षमा प्रविन साह चयन भएका छन् ।

शनिबार जनकपुरधाममा सम्पन्न प्रथम अधिवेशनले साहको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।

उपाध्यक्षमा प्रविण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिवमा रमेश सुवेदी, सहसचिवमा प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादव चयन भए । यसैगरी सदस्यमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेल चयन भए ।

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्