काठमाडौं । नेपाली क्रिकट टिमका प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको टिप्पणी गरेका छन् ।

नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि शनिबार मात्र नेपाल आएका प्रशिक्षक प्रभाकरले यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने बताए ।
मुख्य प्रशिक्षक प्रभाकरले सञ्चारकर्मीहरुसँग कुरा गर्दै केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको देखेको बताए । ‘विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वाटी–२० मा पावर गेम खेल्नु पर्दैन,’ उनले भने ।











