
काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिग फुटबलमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
चेल्सीले २ पटक अग्रता लिएर पनि कायम राख्न सकेन । टच डाउनका निकै आक्रमक देखिएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले अन्तिममा रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
बराबरीपछि दुवै टिमले २ खेलमा समान ४ अंक जोडेका छन् ।