Logo
Logo

सुनको भाउ ४ सय रुपैयाँले ओरालो



काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।

आइतवारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतवार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसै आज तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले ओरालो लागेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्