Logo
Logo

सुपारी तस्करीमा डिआइजी मुछिए




काठमाडौं । प्रदेश नम्बर १ का डिआइजी सुदीप गिरी सुपारी तस्करी विवादमा मुछिएका छन् । बालुवाटारकै सेटिङअनुसार उनले सुपारीको कारोबारमा संलग्न कसैलाई पक्राउ गर्ने त कसैलाई छाड्ने गरेका छन् ।


गत १२ साउनमा प्रहरीले भन्सार जाँचपास गरी भारत जान लागेका आठ वटा ट्रक नियन्त्रणमा लिएपछि सेटिङ धन्दा बाहिर आएको हो । सुरुमा सेटिङ मिलेकाले जान दिइएकोमा पछि बालुवाटारको ठाडो आदेशमा भन्दै भन्टाबारीबाट भन्सार जाँचपास भएका ट्रक बरामद गरिएको थियो । सो सुपारीमा ठूला व्यापारीको लगानी रहेको स्रोत बताउँछ । बालुवाटारमा डिल नमिलेकाले राजश्व अनुसन्धान विभागले त्यसलाई छाड्न मानेको छैन ।


व्यापारीहरुले सबै तिर सेटिङ मिलाएर ८ वर्षअघिको उत्पतीको प्रमाणपत्र देखाएर सुपारी भारत लैजान लागेका थिए । खासमा इन्डोनेसियाबाट आयात गरी यसरी भारत लैजान लागिएको हो । भारतमा सुपारीको उच्च मात्र रहेको र आयातमा कडाई भएकाले तेस्रो देशबाट नेपा ल्याएर भारत लैजाने गरिन्छ । यसरी लैजादा दोब्बरसम्म नाफा हुने भएकाले झापा र मोरङबाट हरेक वर्ष ठूलो मात्रामा सुपारी तस्करी हुने गरेको छ । जसमा व्यापारीहरु दीपक पोखरेल, गोविन्द सरिया, दिनेश राठी, प्रदीप मुरारका, प्रदीप मित्तल लगायत छन् ।


उनीहरुकै सेटिङमा हालको सरकारले सुपारी आयात खोलेको थियो । तर, सेटिङ अनुसार लेनदेन नमिलेपछि अहिले भारत निकासीमा भने प्रहरी प्रयोग गरी रोकिएको छ । व्यापारीहरुले मनकामना ट्रेडर्स नामक कम्पनीमार्फत यसरी सुपारी आयात गर्दै आएका छन् ।


स्रोतका अनुसार डिआइजी गिरीलाई यही कामका लागि बढुवा लगत्तै प्रदेश नम्बर १ को प्रमुखमा पठाइएको हो ।

बढुवा र प्रदेशमा पदस्थापनका लागि उनले प्याकेजमै डिल गरेको र त्यही कारण काठमाडौं परिसरबाट बढुवा भएलगत्तै प्रदेश प्रमुखको जिम्मेवारी पाएको चर्चा प्रहरी प्रधान कार्यालयमा छ ।

हाल झापा र मोरङ जिल्लाबाट अहिले पनि सुपारी भारत गइरहेको छ । त्यसमध्ये प्रहरीसँगको सेटिङमा कतिपय तस्करीबाट जाने गरेको छ । गत आर्थिक वर्षमा दुई अर्बको सुपारी आयात भएकोमा एक अर्बको मात्र निकासी हुनुले पनि बाँकी तस्करीबाटै भारत गएको प्रष्ट हुन्छ । सरकार सुपारी तस्करीबाट चुनाव खर्च उठाउने खेलमा लागेका छन् । जसमा डिआइजी समेत प्रत्यक्ष रुपमा प्रयोग भएका छन् । देशमा विदेशी मुद्राको सञ्चितीमा चाप बढीरहेका बेला सरकार नै यसरी तस्करी धन्दामा लागेको छ । जसबाट मोरङ र झापाका प्रहरी समेत मालामाल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्