
एजेन्सी । इटालियन सिरी ‘ए’ लिगमा युभेन्ट्सले विजयी सुरुआत गरेको छ ।
सोमबार राति टुरिनस्थित एलियन्ज रंगशालामा भएको खेलमा सासुओलोलाई ३–० ले पराजित गरेको हो । युभेन्टसको जितमा यसै सिजन अनुबन्ध भएका डि मारियाले १ गोल गरे ।
डुसान भ्लाहोभिकले २ गोल गरे । डि मारिया यही सिजन पिएसजीबाट इटाली आएका थिए ।