Logo
Logo

उपत्यकामा एकैदिन २ हजार ६५६ जना चालकमाथि कारवाही



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्वर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन् ।

यस्तै, २ हजार ३५४ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्