Logo
Logo

सुनको भाउ ७ सय रुपैँयाले घट्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैया र तेजावी सुनको भाउ ९६ हजार २ सयरुपैयाँ निर्धारण गरिएको छ।

आइतबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ सोमबार ४ सय रुपैयाँले घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा परेको हो।

त्यस्तैगरी, आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बढेको भाउ सहित आज चाँदी १ हजार २२० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्