Logo
Logo

स्याङजाको वद्खोलामा टिभिएसको शो रुम



काठमाडौं । जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्णसुविधा सहितको शोरुम सञ्चालनमा ल्याएको छ ।

ग्राहकलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहजरुपमा उपलब्ध गराउने उद्देश्यका साथ शोरुम सञ्चालनमा ल्याइएको हो । नयाँ शोरुम उद्घाटन कार्यक्रममा बतास इन्भेष्टमेन्टका अध्यक्ष राजेश शर्माले टिभिएस ग्राहकलाई अझ राम्रो सेवा प्रदान गर्न प्रयासरत रहेको बताए ।

टिभिएसले निरन्तररूपमा आफ्ना ग्राहकको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए । जगदम्बा मोटर्स टिभिएसको एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर १ सय ३२ डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालकासाथ टिभिएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्