Logo
Logo

आर्मी क्वाटरफाइनलमा


441
Shares

काठमाडौं । नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनल पुगेको छ ।

आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले बुधबार कीर्तिपुरलाई १०१–८५ ले हरायो । आर्मी समूह ‘बी’ को विजेता बन्दै अन्तिम ४ मा पुगेको हो ।

त्यस्तै नवौं ग्रिनफिल्ड अन्तरस्कुल बास्केटबलको सिनियर ब्वाइजमा ब्राइट होराइजन सेमिफाइनल पुगेको छ । होराइजनले जेनिथलाई ५८–३२ ले हरायो ।

ग्रिनल्यान्डले रेडियन्टलाई ४६–३० र महामञ्जुश्रीले आयोजक ग्रिनफिल्डलाई ३५–३३ ले हराएर सेमिफाइनल स्थान सुरक्षित गरे ।

प्रतिक्रिया दिनुहोस्