Logo
Logo

कल्भर्ट निर्माणमा ठेकेदारको लापरबाही, वडाध्यक्षले लाए डोजरमा ताला



बुटवल । बुटवल उपमहानगरको तामनगर–फर्साटिकर सडकखण्डमा कल्भट निर्माणमा ठेकेदारले ढिलासुस्ति गरेको भन्दै अडाध्यक्षले डोजरमा ताला लगाइदिएका छन् ।

सडक अलपत्र पारेर आवतजावतमै समस्या बनाएको तर काम नगरेकाले एक्सनमा उत्रनुपरेको १५ नं वडाका अध्यक्ष शिव रानाले बताए । मेसिनमा सिक्रिले बाँधेर तालाबन्दी गरेर चाबि कब्जामा राखेका हुन । निर्माण कम्पनीलाई पटक–पटक काम सक्न आग्रह गर्दा पनि अटेर गरेपछि ताला लगाउनुपरेको उनको भनाइ छ ।

निर्माणको जिम्मा पाएको सत्यवति निर्माण कम्पनिलाई काम सक्न ताकेता गर्दा पनि आलटाल गरेको बताइएको छ । कल्भट निर्माण अलपत्र हँदा स्थानियवासी र स्कुले विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि वडाले छुट्टै डोजर लगाएर काम गरेको छ ।

‘काम नगर्ने ठेकेदारलाई सबक सिकाउन यस्तो गरेका हौं,’ निर्माण समिति संयोजक कर्णवहादुर गौतमले भने ।

प्रतिक्रिया दिनुहोस्