
एजेन्सी । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि अमेरिकाले २ विकेटको जित निकालेको छ ।
जितका लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा १५ रन चाहिएको थियो ।
मल्होत्राले शफ्यान शरिफलाई १ छक्का र २ चौका प्रहार गर्दै रोमाञ्चक जित दिलाए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।
स्कटल्यान्डका कलुम म्याकलेओडले १ सय ४४ बलमा १३ चौका र २ छक्कासहित सर्वाधिक १ सय ३३ रनको अविजित इनिङ खेले ।