Logo
Logo

नागरिकता विधेयकमाथि संसदमा छलफल जारी



काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।

बिहीबार ११ बजे सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव संसदले बहुमतले स्वीकृत गरेको छ ।

अहिले विधेयकमाथि छलफल भइरहेको छ । छलफलमा सबैभन्दा पहिले भाग लिँदै एमाले सांसद प्रदिप ज्ञवालीले विधेयकमा गम्भीरतापूर्वक समीक्षा गर्न जरुरी रहेको बताए ।

कांग्रेसका मिनबहादुर विश्वकर्माले यो विधेयकमा दलहरुले सहमति जुटाइसकेकाले पास गर्न माग गरे । अहिले अरु सांसदले धारणा राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्