Logo
Logo

एमाले अध्यक्ष ओली अचानक किन पुगे झापा ?



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज अचानक गृहजिल्ला झापा पुगेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकबाट राष्ट्रपतिबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक पारित गर्ने तयारी भइरहेको बेला अध्यक्ष ओली झापा पुगेका हुन् ।

बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै अध्यक्ष ओली गृहजिल्ला झापा पुगेका छन् ।

त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक आजको संसद बैठकमा निर्णयार्थ पेस भएको र त्यस उपर विभिन्न सासंदहरुले आफ्नो भनाइ राखिरहेका छन् ।

अध्यक्ष ओली पार्टी कार्यक्रममा सहभागी हुन झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने मिति तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्