Logo
Logo

आईएमई लाइफ इन्स्योरेन्सको पाँचौँ वर्ष पूरा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले पाँचौँ वर्ष पूरा गरेको अवसरमा केन्द्रीय कार्यालय र मुलुकभरका शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय प्रगति भइरहेको उल्लेख गरे । उनले बीमितको हितप्रति कम्पनी सदैव तत्पर रहेको पनि बताए ।

पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी एकै दिन ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

बुधबार काठमाडौंको लैनचौरस्थित कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको नीति एक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

आईएमई लाइफ इन्स्योरेन्सले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत निरन्तरता दिने बताए । पाँच बर्षअघि स्थापना भएको कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्