Logo
Logo

फेरि सर्‍यो माओवादी बैठक, शुक्रबार बिहान बस्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ ।

पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्