Logo
Logo

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

फाइल फोटो

केही समयअघि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु सहभागी रहेका छन् ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा कुन दललाई कति सिट भागबण्डा गर्ने भन्नेमा कार्यदलमा कुरा नमिलेपछि कार्यदल सदस्यले शीर्ष नेतासँग छलफल गरेर मोडालिटी तयार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्