Logo
Logo

संसदको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट



काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्यको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि बिहीबार अधिवक्ता मनिराम उपाध्यायले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

यसअघि अधिवक्ता उपाध्यायसहितले प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन पेश गरेका थिए । तर उक्त निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए ।

न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएपछि उपाध्यायले पेश गरेको निवेदन दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्