Logo
Logo

स्पेजियामाथि इन्टर मिलानकाे जित


315
Shares

एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ ।

इन्टरले घरेलु मैदानमा स्पेजियामाथि ३–० को सहज जित हात पारेको हो । मिलानो इटालीमा शनिबार राति भएको खेलमा इन्टरको सहज जितमा लोउटारो मार्टिनेज, हकान चलहानो ग्लु र जोआकिन कोरेआले गोल गरे ।

पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले अग्रता लिन सफल भयो । उनले रोमेलु लुकाकुको पासलाई सदुपयोग गरे । ५२औं मिनेटमा हकानले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

त्यसपछि ८२औं मिनेटमा जोआकिन कोरेआले इडेन जेकोको पासमा गोल गर्दै टोलीको जित पक्का गरे । लगातार दोस्रो जितसँगै इन्टर ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेजिया ३ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

यस्तै टोरिनो र लाजियो तथा उडिनेस र सालेरनिटानाले गोलरहित बराबरी खेल्दा सस्सुलोले लिसलाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्