
काठमाडौं । एसिया कप छनोटको पहिलो खेलमा हङकङले सिंगापुरलाई ८ रनले हराएको छ ।
हङकङले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४० रन मात्र बनायो ।सिंगापुरका जनक प्रकाशले सर्वाधिक ३१ रन बनाए ।
उनले ३२ बलमा ४ चौका प्रहार गरे । हङकङका इशान खानले सर्वाधिक ३ विकेट लिए । त्यसअघि ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।
हङकङका किञ्चित शाहले सर्वाधिक ३४ रन बनाए। उनले ३२ बलमा २ छक्का प्रहार गरे । यासिम मुर्तजाले २६ रन, जिशान अलीले २० र स्कट म्याकेनीले ११ रनको योगदान दिए।
सिंगापुरका अमजद महबुब र अक्षय पुरीले २/२ विकेट लिए।