Logo
Logo

शान्तिप्रियको शब्दमा बिन्दुको ‘छुनु र मुनु’ (भिडियो)



काठमाडौं । रंग पत्रकार शान्तिप्रियको शब्दरचनामा तीज गीत ‘छुनु र मुनु’ सार्वजनिक भएको छ । सीसी नेपालमार्फत सार्वजनिक गीतलाई संगीत संयोजन एवं संगीत राकेश सोनीले गरेका छन् । बिन्दु बिसीको स्वर रहेको यस गीतको भिडियोलाई हेरुका लामाले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा अप्सरा पुरी, बर्षा तामाङ र झरना परियार फिचरिङ छन् । छायाँकन, सम्पादन एवं रंग संयोजन बज्र ङ्यासुरले गरेको यस भिडियोमा एञ्जेल तामाङको नृत्य समूहको नृत्य रहेको छ । आफूले तीजको छेकोमा पारेर मौलिक तीज गीत ल्याउने गरेको शान्तिप्रियले बताए । केही वर्षयता शान्तिप्रियले तीज गीत लेख्दै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्