Logo
Logo

नेता गिरिकाे अन्तिम विदाईका तस्बिरहरु


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपा राखिएको छ । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन नेता, आफन्त तथा शुभचिन्तक पार्टी कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
विभिन्न राजनीतिक दलका नेताहरु पनि गिरिलाई श्रद्धाञ्जली दिन सानेपा पुगेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादीका महासचिव देव गुरुङ, नेकपा समाजवादीका अध्यक्ष माधव नेपालगायत मन्त्रीहरु नेता गिरिलाई अन्तिम विदाई गर्न सानेपा पुगेका थिए ।

नेता गिरिको अन्तिम विदाईका लागि कांग्रेसका शीर्ष नेता तथा सयौंको संख्यामा कार्यकर्ता पार्टी कार्यालय परिसरमा भेला भएका छन् । यसअघि गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो ।

शनिबार राति उपचारका क्रममा नेता गिरिको शनिबार राति ७५ वर्षको उमेरका निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्